मरम्मतपछि वीरगंजको घण्टाघर एक दशक दह्रो

वीरगंज, ४ असोज । वीरगंजमा घण्टाघरको मर्मत पुरा भएको छ। नगरको प्रतिष्ठाको प्रतीक मानिने घण्टाघरको केही भाग भत्किएको थियो। सात महिना लगाएर मर्मत सम्भार गरिएको हो। गत फागुन ७ मा घण्टाघरको ‘बाल्कोनी’ कमजोर भएर इँटा झरेको थियो। वीरगंज महानगरपालिकाले मर्मतसम्भार र रङरोगन गरेर फेरि पहिलाकै अवस्थामा ल्याएको छ। महानगरपालिकाको भूमि व्यवस्था तथा शहरी विकास महाशाखा […]
ग्रिनसिटी सामुदायिकद्वारा एसपी मिश्रको बिदाइ कार्यक्रम

वीरगंज, ४ असोज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको सरूवा भएपछि ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले विशेष कार्यक्रम आयोजना गरी बिदाई गरेको छ। केन्द्रका अध्यक्ष जय प्रकाश खेतानसहित पदाधिकारीहरूले एसपी मिश्रलाई खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गर्दै मिश्रले आफ्नो कार्यकालमा गरेका सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा सामुदायिक प्रहरी […]
पर्सा जिल्लाको सखुवाप्रसौनीका भूमिहीनलाई लालपुर्जा वितरण

वीरगंज ४ असोज । पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीहरूले लालपूर्जा (जग्गाधनी पुर्जा) प्राप्त गर्न थालेका छन् । भूमि समस्या समाधान आयोग, पर्साले शनिवार सखुवा प्रसौनी गाउँपालिका–१, सथवलबाट लालपूर्जा वितरणको औपचारिक शुरूवात गरेको हो । आयोगका अध्यक्ष तबरेज अहमद र सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले संयुक्त रूपमा ४४ जना भूमिहीनलाई लालपूर्जा हस्तान्तरण गरे । […]
दुर्गा पूजा सेवा समिति रानीघाटद्वारा २५औ पटक खुल्ला रक्तदान कार्यक्रम

३ महिलासहित १०५ जनाले गरे रक्तदान वीरगंज ४ असोज । दुर्गापुजा सेवा समिति रानीघाटले शनिवार २५औ पटक खुल्ला रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । रानीघाट ब्लड डोनेशन चौकमा आयोजित कार्यक्रममा ३ महिला सहित १०५ जनाले रक्तदान गरेको दुर्गा पूजा सेवा समिति रानिघाटका अध्यक्ष शतिश सिंह राजपुतले जानकारी गराएका छन् । उनकै अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज […]
महानगरपालिकाको बजेट पुन:निर्माणतर्फ संशोधन, असहाब आलम परिवारलाई ५ लाख सहयोग

वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पुनःनिर्माणमा खर्च गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगर सभा) ले पुनःनिर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको हो । गत भदौ २४ गते सचेत युवाहरू (जेनजी) ले गरेको आन्दोलनका क्रममा महानगरपालिकाको कार्यालय भवनसहित सम्पूर्ण संरचना आगजनी, तोडफोड र लुटपाटबाट […]