मधेस प्रदेशसभामा ४० करोड बराबरको क्षति

धनुषा, ३१ भदौ : जेनजीको आन्दोलन र प्रदर्शनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित रहेको मधेस प्रदेशसभा र सचिवालयमा रु ४० करोड मूल्य बराबरको भौतिक सामग्री क्षति भएको छ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलका अनुसार प्रदेशसभाका सातै दलका संसदीय दलका कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि लिएर सचिवालयका अधिकांश शाखामा तोडफोड र आगजनी गरी पूर्ण रुपमा […]

चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा

पर्सा, ३१ भदौ : वीरगञ्जमा दसैँलगायत पर्वलाई लक्षित गर्दै सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको छ । खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्ज र साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड वीरगञ्ज कार्यालयले भदौ ३० देखि कात्तिक १० गतेसम्म दसैँलगायतका चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड वीरगञ्जका सूचना अधिकारी सञ्जयकुमार […]

४ लाखको भन्सार छली सामान नियन्त्रण

वीरगंंज, ३१ भदौ । पर्सा जिल्लाका विभिन्न स्थानहरूबाट भन्सार छली गरेर ल्याइएको झण्डै चार लाख रुपियाँ बराबरको सामान सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । मंगलवार पर्साको पकाहा मैनपुर गाउँँपालिका–५ लक्ष्मीपुरस्थित सीमा क्षेत्रमा खटिएको सीमा सुरक्षा गुल्म लहावर थकरीले भारतबाट टाउकोमा बोकी ल्याउँदै गरिएको रू. ५४,१५० मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको थियो । त्यसैगरी वीरगंज–१४ […]

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौँ, ३१ भदौ ः घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो । बैठकले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक […]

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौँ, ३१ भदौः गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार भोलिलाई सार्वजनिक बिदा घोषणा गरिएको जानकारी दिनुभयो । जारी विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको […]

बाराको पतगछियाका तीनजनाको एकै दिन मृत्यु

बारा, ३१ भदौ । बारा जिल्लाको सुवर्ण गाउँपालिका–३ पतगछियाका तीनजना स्थानीय वासीको सोमवार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ४५ वर्षीय गोपाल यादव, ३० वर्षीय रविशंकर यादव र ४० वर्षीय अजमुल मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता बिजयराज पण्डितले जानकारी दिएका छन् । गोपालको स्थानीय अस्पताल र अन्य दुईजनाको भारत मोतिहारीस्थित […]

अध्ययनमा १४ अर्ब ३१ करोड विदेशियो

बीरगंज ३१ भदाै । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो झन उल्टै बढ्दै गएको समचार छ । महिना दिनको अवधिमा मात्रै अध्ययनकालागि रु १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार शिक्षा तर्फको व्यय गत वर्षको […]

वीरगंज नगरपरिषदद्वारा शहीदको सम्झनामा शोक प्रस्ताव पारित, क्षतिको विवरण संकलन

वीरगंज ३१ भदौ । वीरगंज महानगरपालिकाको नगरपरिषदको मंगलबार बसेको बैठकले हालैको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकाहरूको सम्झनामा शोक प्रस्ताव पारित गरेको छ। बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, आन्दोलनका क्रममा तोडफोड र आगलागिबाट महानगरपालिकाको मुख्य भवनसहित विभिन्न संरचना […]