‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु हुनेलाई सरकारद्वारा सहिद घोषणा

काठमाडौँ, २९ भदौः सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सो घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “मुख्य सचिवसँगको छलफलपछि सो प्रदर्शनका क्रममा ज्यान गुमाएका परिवारलाई रु १० लाख क्षतिपूर्ति […]

आन्दोलनकारीको पहिलो निशानामा परेको संसद्ः क्षतिको मूल्याङ्कन र सेवा सञ्चालनसँगसँगै

काठमाडौँ, २९ भदौः ‘जेन जी’ समूहको आन्दोलनका पहिलो निशानामा परेको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनभित्रको चौघेराबाहेक सम्पूर्ण संरचना ध्वस्त भएका छन् । भवनभित्रका दुई ठूला कक्ष प्रतिनिधिसभा र राष्ट्रियसभामा जडान भएका सबै फर्निचर, क्यामरा, ‘साउन्ड सिस्टम’, उपकरण, ‘सर्भर’, टेलिभिजन स्क्रिनसहितका सबै सामान जलेर खरानी भएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो, “बानेश्वरको संसद् […]

लुटपाट भएका सामान बुझाउन जीतपुरसिमराको अपिल

वीरगंज, २९ भदौ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भएको लुटपाटको घटनामा लुटिएका सामग्रीहरू फिर्ता गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले आग्रह गरेको छ । आइतवार उपमहानगरपालिकाले सूचना जारी गर्दै जेनजी आन्दोलनको क्रममा भदौ २४ गते वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा भएको लुटपाट र तोडफोडको घटनामा गाडी, मोटरसाइकल, साइकल, कम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, प्रिन्टर, स्क्यानर, सीसीटीभी, फर्निचर, […]

पर्सामा पाँच प्रहरी चौकीमा तोडफोड र आगजनी

वीरगंज, २९ भदौ । जेन–जी आन्दोलनको क्रममा पर्सा जिल्लाका पाँच प्रहरी चौकीमा तोडफोड र आगजनी भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी गराएका छन् । पर्सा जिल्लाको सुगौलिबिर्ता सानो इलाका प्रहरी कार्यालय ‘ख’, अस्थायी प्रहरी पोस्ट घण्टाघर, रानीघाट, शिव–पार्वती र गण्डक प्रहरी बिटमा क्षति पु¥याइएको प्रउ मिश्राले जनाएका छन् । आन्दोलनका क्रममा […]

बारामा निषेधाज्ञा हटाइयो

वीरगंज, २९ भदौ । जिल्ला प्रशासन कार्यालय बाराले आजदेखि बारा जिल्लामा निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले भदौ २९ गते आज बिहान ६ बजेदेखि जिल्लामा निषेधाज्ञा हटाएको जनाएका छन् । यसैगरी, आजदेखि जिल्लाका छोटो दूरी र लामो दूरीका सवारीसाधन सञ्चालन भएका छन् भने बजार, व्यवसाय पूर्ण रूपमा खुलेका छन् । त्यस्तै जिल्लामा […]

वीरगंजको केही क्षेत्र दंगाग्रस्त घोषणा

वीरगंज, २९ भदौं । वीरगंजको केही क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आइतवार बसेको जिल्ला सुरक्षा समिति पर्साको बैठकले शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र वीरगंज कारागार कार्यालय र त्यसको कम्पाउन्ड क्षेत्रभित्रको क्षेत्रलाई दंगाग्रस्त […]