प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भन्नुभयोः हाम्रो योगदान खेर नजाओस्

काठमाडौँ, २८ भदौः प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो । “प्रधानमन्त्रीले घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । त्यसक्रममा उहाँहरूले आफ्नो स्वास्थ्यबारे […]
महानगर कार्यालयमा लुटपाट गर्ने एक युवक पक्राउ

वीरगंज, २८ भदौं । जेनजीको आन्दोलनको फाइदा उठाएर वीरगंज महानगरपालिकाको कार्यालयको सामान लुटपाट गरेको आरोपमा नगर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका–५ घर भई वीरगंज महानगरपालिका–१० अशोकवाटीकामा डेरा लिएर बस्दै आएका २२ वर्षीय सुधीर पटेल रहेको नगर प्रहरीले जनाएको छ । आइतवार महानगरको नगर प्रहरी प्रमुख हरि भुसाल नेतृत्वमा खटिएको टोलीले […]
वीरगंजमा बिहान ५ बजेदेखि राति ९ बजे निषेधाज्ञा, राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफर्यु

वीरगंज, २८ भदौ । वीरगंजमा बिहान ५ देखि राति ९ बजेसम्म निषेधाज्ञा तथा राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफर्यु रहने प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी गराएका छन् । शनिवार सुरक्षा समितिको बैठकमा वीरगंजमा जारी कफर्युको समयलाई परिवर्तन गर्दै राती ९ बजेदेखि बिहान ५ बजेसम्मको लागि लागू गरेको छ भने बिहान ५ बजेदेखि राती […]
जेनजी आन्दोलनमा मृत्यु भएका आलमको सम्मानसहित अन्त्येष्टि

वीरगंज, २८ भदौं । जेनजीको आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर मृत्यु भएका वीरगंज महानगरपालिका वडा नं.१२ मुर्लीका २२ वर्षीय असहाब आलमको आज बिान सम्मानसहित अन्तिम संस्कार गरिएको छ । शुक्रवार राति काठमाडौंबाट आलमको शव वीरगंज ल्याइएको थियो । शनिवार बिहान शवयात्रा निकालेर मुर्ली पोखरीको कब्रस्तानमा अन्तिम संस्कार गरिएको हो । आलमको शवमा जेनजी पुस्ताका […]