पाँच किलो गाँजासहित दुईजना पक्राउ

वीरगंज, २६ भदौं । इलाका प्रहरी कार्यालय सिमराले जीतपुरबाट पाँच किलो गाँजासहित दुर्ई जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित बैदेही पेट्रोल पम्प अगाडिबाट जीतपुरसिमरा २२ चकरीका ३० वर्षीय मनोज जिम्बा र २६ वर्षीय सोनाम थिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अमलेखगंजबाट वीरगंज जाँदै गरेको प्रदेश २–०३–०१२ प ६५४३ नम्बरको […]
पर्सा जिल्लामा निषेधाज्ञा र कफर्यू आदेश

वीरगंज, २६ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बिहीवार बसेको सुरक्षा समितिको बैठकको निर्णय अनुसार कफ्र्यु आंशिक रूपमा खुकुलो बनाइएको जनाएका छन् । जिप्रका, पर्साले जारी गरेको सूचना अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म निषेधाज्ञा रहनेछ भने बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र […]
बारामा बिहीवार रातिदेखि कफर्यू आदेश

बारा, २६ भदौ । जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा बिहिवार राति देखि फेरी कफर्यू आदेश जारी गरेको छ । हालको परिस्थितिलाई ध्यानमा राख्दै जिल्लाभर कफ्र्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जनाएका छन् । उनले जारी गरेको आदेश अनुसार २०८२ भदौ २६ गते राती ८ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्म […]
सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

काठमाडौँ, २६ भदौः सीमित कर्मचारीमार्फत अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । राष्ट्र बैङ्कले सम्पूर्ण इजाजतप्राप्त बैङ्क, विकास बैङ्क, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धीकार्य गर्ने संस्थालाई व्यवसायिक निरन्तरता दिन भनेको हो । राष्ट्र बैङ्कले आज यहाँ सार्वजनिक गरेको सूचनामा नेपाली सेनाले भदौ २५ गते […]
‘जेनजी’ आन्दोलन: मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते

काठमाडौँ, २६ भदौः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ । मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण […]
सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर

वीरगञ्ज २६ भदौ । खानेपानीको अभावपछि फैलिएको हैजाको महामारीलाई वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गरी नियन्त्रण गर्न सफल भएको छ। स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मीहरूको निरन्तर प्रयासका कारण हैजा छोटो समयमै नियन्त्रणमा आएको हो। तर हैजा नियन्त्रणसँगै वीरगञ्जले अर्को ठूलो चुनौतीको सामना गर्नुपर्यो—लुटपाट, चोरी, तोडफोड र आगजनीबाट भएको अपुरणीय क्षति। सुशासनलाई मुख्य मुद्दा बनाएर […]