सेनाद्वारा आन्दोलनकारीलाई वार्ताका लागि आह्वान

काठमाडौँ, २४ भदौ : प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तबरले निकास दिनका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गर्नुभएको छ । उहाँले आज भिडियो सन्देशमार्फत आन्दोलनका क्रममा हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा क्षप क्षति हुन नदिन र शान्ति सुरक्षा, अमनचयन एवं राष्ट्रिय एकता र शान्ति सुरक्षा कायम […]
नेपाली सेनालगायत अन्य सुरक्षा निकाय राति १० बजेदेखि दृढ रहने

काठमाडौं, २४ भदौ : नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न आज भदौ २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराएको छ । सेनाले बिग्यप्तीमार्फत हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस […]
वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

पर्सा,२४ भदौ : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहको आन्दोलनले उग्ररूप लिएसँगै प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वीरगञ्ज महानगर क्षेत्रमा प्रदर्शन तथा तनावको अवस्था कमी नआएपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको जानकारी दिनुभयो […]
वीरगंजका सरकारी कार्यालय तथा मन्त्रीहरुको घरमा तोडफोड आगजनी

वीरगंज, २४ भदौ । देशैभरि चर्किदै गएको जेन–जी आन्दोलनका क्रममा वीरगंजका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ । प्रदर्शनकारीहरुले वीरगंज महानगरपालिकाको कार्यालयमा प्रवेश गरी तोडफोड गरेका साथै त्यहाँ रहेका सरकारी वाहनमा आगजनी पनि गरेका छन भने नगरप्रहरी कार्यालयमा पहिले तोडफोड गरेको र त्यसपछि वाहनमा आगजनी गरेको पर्सा प्रहरीले जनाएको छ। वीरगंजको घण्टाघर चोकमा […]