नेपाल र बङ्गलादेशबीचको खेल बराबरीमा टुङ्गियो

काठमाडौँ, २१ भदौः नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुङ्एिको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेनन् । अब नेपाल र बङ्गदादेशबीचको […]
हैजा बिरामी र वीरगंज भन्सारको अवस्था बुझ्न उद्योगमन्त्रीद्वारा अनुगमन

वीरगंज, २१ भदौ । मधेस प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री बसन्त कुशवाहाले हैजा बिरामीको अवस्था बुझ्न नारायणी अस्पतालमा अनुगमन गरेका छन् । अनुगमनको क्रममा अस्पताल प्रशासन, मेसु लगायत बिरामीहरूसँग छलफल गरेर हैजाको बस्तु स्थिति वारेमा जानकारी लिएका छन् । उनले प्रदेश सरकारमा जारी सहयोगलाई थप गरि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । खासगरी प्रदेश […]
नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गाैला प्रत्यारोपण

भक्तपुर, २१ भदौ: सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताउनुभयो । तेस्रोपटक प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब […]
वीरगंज युवा समाजद्वारा आयोजित कार्यक्रममा १०३ जनाले गरे रक्तदान

वीरगंज, २१ भदौ । वीरगंज युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा १३ महिला सहित १०३ जनाले रक्तदान गरेका छन् । काजल कोईराला, मिरा सिंह, रोजि प्रधान, स्वस्तिका श्रेष्ठ, मन्जु भण्डारी, प्रीती गुरूङ, मन्जु गुरूङ, सन्दिपा श्रेष्ठ, दिपिका चापागाई, श्रीजल चौधरी, रन्जना कार्की, सिद्धिका कार्की, सलिमा रोक्का, सन्जिव थापा, राजेन्द्र भट्टराई, सन्दिप साह, राम कुमार बस्नेत, […]
सामाजिक सञ्जाल बन्दविरूद्ध प्रदर्शन गर्ने पाँच जना पक्राउ

काठमाडौं, २१ भदौ । सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा काठमाडौंको नयाँ बानेश्वरमा गरिएको शान्तिपूर्ण प्रदर्शनबाट पाँच जना युवाहरू पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि ‘युथ कंग्रेस नेपाल’ले आयोजना गरेको सांकेतिक प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा संस्थाका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय सदस्यहरू सुजनराज गिरी र धिरज सञ्जेल, […]
वैष्णवी मन्दिर चौक परिसरमा वृक्षारोपण कार्यक्रम

वीरगंज, २१ भदौ । २२औं निजामती सेवा दिवस २०८२ को उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर–१०, वीरगंजको संयुक्त आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुबेदी, विशिष्ट अतिथिमा मधेश प्रदेश कार्यालयका एसएसपी शान्ति राज कोईराला, जिल्ला […]