सरकारको राजस्वबाट मात्र विकास आवश्यकता पूर्ति नभएकाले वैकल्पिक वित्त कोष आवश्यकः अर्थमन्त्री

काठमाडौँ, २६ साउनः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको खाताबाट हुने खर्चबाट मात्रै नागरिकको विकास र समृद्धिको आकाङ्क्षा पूरा हुन नसकेकाले वैकल्पिक स्रोतको खोजी तथा त्यसबाट मुनाफासमेत हासिल गर्नका नयाँ कानुन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथिको दफावार छलफलका क्रममा […]

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते

बरहथवा (सर्लाही), २६ साउनः सर्लाहीको बागमतीमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा आज मधेश प्रदेश ०३–०३१ प ४९२३ र ज ११ प ५५०५ नम्बरको मोटरसाइकल दुर्घटना भएका हुन् । दुर्घटनामा मधेश प्रदेश ०३–०३१ प ४९२३ नं को मोटरसाइकलमा […]

मन्त्री यादव र भारत विज्ञ टोलीहरूबीच छलफल

काठमाडौँ, २६ साउन : खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा छलफल भएको छ । आज मन्त्री यादवको विशेष निमन्त्रणामा आउनुभएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेस प्रदेशमा देखिएको खानेपानी सङ्कट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार […]

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

राजविराज (सप्तरी), २६ साउन : हुलाकी सड्क खण्डअन्तर्गत यहाँको बलानविहुल गाउँपालिका–६ शेहरा चोकमा आज मोटरसाइकल दुर्घटना हँुदा एक महिलाको मृत्यु भएको छ । बलान बिहुल गाउँपालिका–२ दिघिया टोल बस्ने ३० वर्षीया शान्तिकुमारी यादवको मृत्यु भएको हो । शान्तिका देवर गयाप्रसाद यादवले चलाएको ‘अन टेस्ट’ मोटरसाइकलमा शान्तिकुमारीकी तीन वर्षीय छोरा समेत सवार थिए । उनीहरु बोदे […]

व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रूपान्तरण गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौँ, २६ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ । अनलाइनखबर डटकमद्वारा आज आयोजित ‘चालीस मुनिका चालीस’ युवालाई सम्मान कार्यक्रममा उहाँले सबैको आत्मविश्वास, प्रतिभा र मेहनतलाई जोडेर नेपालले तीव्रताका साथ सम्पन्नता हासिल गर्ने र मानवीय गुणवत्तामा पनि अग्रता लिने विश्वास व्यक्त गर्नुभयो । “युवाले आफ्नो रुचि र […]

सशस्त्र प्रहरी पर्साले ३ लाख बराबर अवैध सामान भन्सार बुझायो

वीरगंज २६ साउन । वीरगंज महानगरपालिका–१०, आदर्शनगरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको मोबाइल टोलीले ठेलामा लोड गरी ल्याउँदै गरेको भन्सार मूल्य रू. २ लाख ३१ हजार ६०० बराबरको हार्डवेयर सामान नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिए । त्यस्तै वीरगंज महानगरपालिका–७, रेल्वे रोड […]

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!